माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्न बोलायो साधारण सभा, मर्जरमा पनि इच्छुक

Sep 20, 2019 10:53 AM Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले गत आर्थिक वर्षको लाभांश वितरण गर्न २१ औं वार्षिक साधारण सभा आब्हान गरेको छ। बैंकले असोज २४ गते बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पोखरामा साधारण सभा बोलाएको हो। 

साधारण सभामा बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।

बोनस वितरणपश्चात कम्पनीको पूँजी वृद्धि हुने भएकाले सोही अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लैजाँदै छ। 

त्यसैगरी बैंकले साधारण सभाबाट अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान तथा वैदेशिक रणनीतिक साझेदारीमा जान सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

साधारण सभा तथा लाभांश वितरणको लागि बैंकले असोज १० देखि साधारणसभा सम्म बुकक्लोज गर्ने भएकाले असोज ९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहक सम्पुर्ण बैकिंङ सुबिधा प्रदान गरिरहेको छ।

बैंकले देशभर १५७ वटा एटीएम सञ्चालन गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।