कुमारी बैंकले पनि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, रेटिङ सम्पन्न

Sep 20, 2019 11:37 AM merolagani

कुमारी बैंक (KBL) ले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। ऋणपत्र निष्काशनको लागि बैंकले इक्रा नेपालकाे ‘इक्रा एनपी एलबीबीबी प्लस’ रेटिङ प्राप्त गरेको छ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न रेटिङ गराएको हो। ऋणपत्र निष्काशनको लागि बैंकले धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन ।

दीर्घकालीन लगानी स्रोत जुटाउन तथा बैंकको पूँजी प्रयाप्तता अनुपात बढाएर व्यवसाय विस्तारलाई बढावा दिन बैंकले ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव खड्किएपछि पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र जारी गर्नेतर्फ लागेका छन्। यद्यपि बैंकहरुले बिक्रीमा ल्याएको ऋणपत्र भने सर्वसाधारणले त्यति रुचाएको पाँइदैन। पछिल्लो समय कतिपय बैंकले बिक्रीमा ल्याएको ऋणपत्रमा सर्वसाधारणबाट पर्याप्त मात्रामा आवेदन नपर्दा बिक्री प्रबन्धकहरु निराश छन्।

बैंकहरुलाई लगानीयोग्य रकम अभाव भएपछि केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीमा साधन परिचालनमा देखिने असन्तुलनलाई कम गर्न अनिवार्य रुपमा चुक्ता पूँजीकाे २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ। सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र बिक्रीमा ल्याएका हुन्।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।