अपि पावरको झण्डै एक वर्षपछि बोनस शेयर दर्ता, शेयरधनीले पाउने कहिले ?

Sep 20, 2019 12:32 PM Merolagani

अपि पावर कम्पनी (API) ले अर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट पारित गरेको ५ प्रतिशत बोनस शेयर अहिलेसम्म वितरण गरेको छैन। 

गत मंसिर २३ गते बसेका संचालक समितिले प्रस्ताव गरेको बोनस शेयर वितरणको प्रकृया झण्डै एक वर्षपछि बल्ल सुरु भएको हो। पुस २४ गते कार्की व्याक्वेटमा सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित भएपनि करिब ९ महिनापछि मात्रै लाभांश वितरणको प्रकृया अघि बढाएको हो।

कम्पनीको साधारण सभाले पारित गरेको ५ लाख ६७ हजार कित्ता बोनस शेयर असोज २ गते मात्रै धितोपत्र बोर्डमा दर्ता भएको हो। सो शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण पश्चात शेयरधनीहरुको डिम्याट खातामा पठाईने कम्पनीले जनाएको छ।

त्यस अनुसार अझैपछि शेयरधनीले बोनस पाउन समय लाग्ने देखिन्छ। कम्पनीको शेयर रजिष्ट्रार भिबोर क्यापिटल रहेकाे छ । 

 कतिपय कम्पनीहरुले साधारण सभाबाट पारित भएको एक दुई महिनामाभित्रै शेयरधनीलाई लाभांश वितरण गर्ने गरेपनि अझैपनि धेरै कम्पनीको लाभांश पाउन शेयरधनीले वर्षदिन कुर्नुपर्ने अवस्था विद्यमान रहेको छ । अपि पावर त एउटा नमुना कम्पनी मात्र हो। अन्य थुप्रै कम्पनीहरुले लाभांश वितरणमा ढिलाई गरेपनि नियामक निकाय तथा शेयरधनीहरुबाटै कम्पनीहरुलाई खबरदारी गर्ने कार्य गरेको भने विरलै पाइन्छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।