एनआईसी एशिया बैंकको सीईंओ न्यौपाने 'प्रबल जनसेवा श्री' पदकबाट विभुषित

Sep 22, 2019 10:30 AM Merolagani

एनआईसी एशिया बैंक (NICA)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपाने 'प्रबल जनसेवा श्री' (चतुर्थ श्रेणी) द्वारा विभूषित भएका छन्। संविधान दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले न्यौपानेलाई प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभुषित गर्ने घोषणा गर्नुभएको हो।

देशको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले र्पुयाएको योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा संविधान दिवस २०७६ को अवसरमा शुक्रबार उक्त पदवी घोषणा गर्नुभएको हो।

उनी वाणिज्य बैंकहरुमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु मध्ये सबैभन्दा कम उमेरका हुन् । उनको उमेर ३९ वर्षको रहेको छ ।

सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुमध्येबाट सो क्षेत्रमा सर्वोत्कृष्ट योगदान गर्नेलाई सम्मान गर्दै आइरहेको छ। बैंकरहरुमध्येबाट युवा बैंकर न्यौपानेले सो पदवी हात पारेका हुन्।

रसुवा जिल्लामा जन्मिएका न्यौपाने चार्टड एकाउण्टेन्ट समेत हुन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।