सुन-चाँदीको मूल्य बढ्यो

Sep 22, 2019 11:13 AM merolagani

सुनको मूल्य असोज ५ गते आइतबार बढेको छ। अघिल्लो दिन ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले बढेको हो। पछिल्लो समय सुनको मूल्य फेरि लगातार बढ्न थालेको छ।

आइतबार छापावाला सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तोजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

 

अघिल्लो दिन शुक्रबार तोलामा ३०० रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा पुगेको सुनको मूल्य आइतबार पनि फेरि बढेको हो। गत साउन सुरुवातदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो समय भने केहि घट्न थालेको थियो। असोज दुइ गते देखि भने सुनको मूल्य लगातार बढीरहेको छ।

भदौ १८ गते हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको सूनको मूल्य त्यस यता २ हजार २०० रुपैयाँले घटेको छ। सुनको मूल्य उच्चरूपले बढ्दा सुन कारोबार ठप्प जस्तै भएको व्यवसायीहरु बताउँछन्।

आइतबार चाँदीको भाउमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला ८६० रुपैयाँमा खरीद बिक्री भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।