सिर्जना फाइनान्स हकप्रद सुरक्षित गर्ने आइतबार अन्तिम दिन

Sep 22, 2019 12:33 PM Merolgani

सिर्जना फाइनान्स (SFFIL) ले बिक्रीमा ल्याउन लागेको हकप्रद शेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो । फाइनान्सले असोज १७ गतेदेखि हाल कायम चुक्ता पूँजी ४६ करोड ८ लाख रुपैयाँको ६० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

फाइनान्सले हकप्रद प्रयोजनको लागि असोज ६ गते सोमबार बुकक्लोज गर्ने निर्णय गरिसकेको छ। यस अनुसार आज असोज ५ गते आइतबारसम्म कायम भएका शेयरधनीहरुले मात्रै फाइनान्सको हकप्रद शेयरमा आवेदन गर्न सकिनेछन्।

फाइनान्सको शेयर धितोपत्रको दोस्रो बजारमा साढे दुई सय रुपैयाँ हाराहरीमा कारोबार भैरहेको छ ।

फाइनान्सले फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँका दरले १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयरमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

यस्तै रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सको हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद बिक्री पश्चात फाइनान्सको चुक्ता पूँजी ६४ करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।