सिटिजस म्युचुअल फन्ड–१ को लाभांश पाउन आइतबारसम्म इकाईधनी बन्नुपर्ने

Sep 22, 2019 12:27 PM Merolagani

सिटिजस म्युचुअल फन्ड–१ (CMF1) को ७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने असोज ५ गते आइतबार अन्तिम दिन हो। फन्डले नगद लाभांश वितरण गर्न असोज ६ गते बुकक्लोज गर्दैछ। त्यस अनुसार असोज ५ गते सम्म कायम इकाईधनीले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

योजना व्यवस्थापक सिबिआईएल क्यापिटलको भदौ १५ गते बसेको संचालक समितिको बैठकले इकाईधनीहरुलाई कर प्रयोजन सहित उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

सिटिजन म्युचुअल फण्ड १ सिटिजन बैंकको प्रवद्धित तथा सिबिआईएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष योजना हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।