#c5# गत आर्थिक वर्षको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद बीमा शुल्क ११ करोड ५६ लाख रुपैयाँले घटेको हो। गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा इन्स्योरेन्सले ६६ करोड ३७ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ७७ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
कम्पनीले पुर्नबीमा कमिशन आयबाट २० करोड ५ लाख, लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ।
कम्पनीको कम्पनीको खुद बीमा शुल्कमा घटेपनि अन्य आम्दानीमा सुधार हुदाँ खुद नाफामा वृद्धि देखिएको हो।
गत आर्थिक वर्षको चौंथो त्रैमासमा २५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सले यस अवधिमा २ करोड ११ लाख रुपैयाँले खुद नाफा बढाएको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिमा २३ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले २० प्रतिशत अर्थात १७ करोड ६० लाख रुपैयाँ हकप्रद जारी गरी एक अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ।
इन्स्योरेन्सको बीमा कोषमा ५६ करोड ८९ लाख रुपैयाँ र जगेडा कोषमा २६ करोड ४९ लाख रुपैयाँ र महा विपत्ती कोषमा ५ करोड २८ लाख रुपैयाँ सञ्चित छ।
एक लाख २८ हजार ९८३ वटा बीमालेख जारी गरी कम्पनीले कुल एक अर्ब ३६ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। इन्स्योरेन्सले ५ हजार ४७४ वटा दाबी वापत ७५ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २ हजार ८९२ वटा दाबी वापत ७१ करोड २८ लाख रुपैयाँ भूक्तानी गर्न बाँकी छ।
यस अवधिमा इन्स्योरेन्सको प्रति शेयर आम्दानी २९ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात १४.५६ गुणा बढी छ।