बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये ९१ दिन अवधिका लागि ४ अर्ब ३ करोड रुपैयाँको छ । ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिन अवधिको छ । त्यस्तै ३६४ दिन अवधिको २ अर्ब रुपैयाँको छ ।
बैंकले बिक्री गर्न लागेको ९१ दिने अवधिको ट्रेजरी बिल आगामी पुस ८ गते, ८२ दिन अवधिको चैत ११ गते र ३६४ दिन अवधिको २०७७ असोज ६ गते परिपक्क हुनेछ ।
यस्तै बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। असोज ७ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।
यसअघि बैंकले भदौ ३० गते पनि १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो। जसमा ९१ दिन अवधिको ८ अर्ब २३ करोडको ट्रेजरी बिलमा ४.२४५० डिस्काउन्टदर कायम भएको थियो भने ३६४ दिने अवधिको २ अर्बको ट्रेजरी बिलमा ४.०७३७ डिस्काउन्टदर कायम भएको थियो। त्यस्तै १८२ दिन अवधिको २ अर्ब रुपैयाँको ट्रेपरी बिलमा ४.०६२७ डिस्काउन्टदर कायम भएको थियो ।