लोकसेवा आयोगको दरखास्त दस्तुर एनआईसी एशिया बैंक मार्फत बुझाउन सकिने

Sep 22, 2019 01:26 PM Merolagani

एनआईसी एशिया बैंक लिमिटेड (NICA)  र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजश्व एन आई सी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोक सेवा आयोगका सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरेका थिए।

सो सम्झौता अनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एन आई सी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्नेछन्।

उक्त सम्झौतासँगै देशभर अधिकतम शाखा सञ्जाल रहेको यस बैंकबाट लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंक मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।