पहुँचवालाले अग्रिम सिट रोक्दा सर्वसाधारणले लाइन बसेर पनि टिकट पाउँदैनन् :व्यवसायी

Sep 22, 2019 05:11 PM Merolagani

यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बिक्री खुल्ला गरिसकेको छ। विभागले दशैं तिहारलाई लक्षित गरेर उपत्यका बाहिर २५० किलोमिटर भन्दा लामो दूरीको रूटको लागि टिकट बिक्री खुल्ला गरेको हो।

दशैंमा उपत्यका बाहिर जाने यात्रुहरुको संख्या अत्याधिक हुने भएकाले विभागले २० दिन पहिले देखि नै टिकटको बिक्री खुल्ला गरेको जनाएको छ ।

सामान्य दिनहरुमा भन्दा उपत्यकाबाट बाहिर जाने यात्रुको संख्या दशैं तिहारमा बढी हुन्छ । यस्तो अवस्थामा यात्रुहरुले टिकट नपाउने देखि बढी रकम टिकटका लागि तिर्नु पर्ने जस्ता समस्याहरु लामो समयदेखि भोग्दै आएका छन् ।

यसै लाई मध्यनजर गरेर आवश्यकता अनुसार बसहरु थप्दै जाने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सराेज सिटौलाले बताए ।

टिकट बिक्री हुँदै गर्दा यात्रुहरुको चाप बढी हुने क्षेत्रलाई ध्यानमा राखेर उनीहरुको सहज र सुरक्षित यात्राका लागि आवश्यक बस संख्या थप गर्ने तयारी भइरहेकाे सिटौलाले बताए।

दशै तिहार जस्ता महान चाडपर्वको मौका छोपेर व्यवसायीले बसमा भएको सिट क्षमता भन्दा धेरै संख्यामा टिकट काटेर यात्रुहरुलाई झुक्याउने गरेको पनि पाइने गरेको छ भने कतिपयले  हुँदै नभएको बसको नक्कली टिकट काटेर पनि ठगी गर्ने गरेको गुनासो पिडित यात्रुहरुबाट सुन्ने गरेको पाइन्छ ।

यस्तो अवस्थामा यात्रुहरु आफै सजग भएर आधिकारिक ठाउँबाट मात्र टिकट काट्न र आफूले लिएको टिकट सही छ कि छैन भनेर जाँच्न र यस विषयमा सजग रहन सिटौलाले अनुरोध गरे ।

हाल दशैलाइ लक्षित गरेर अग्रिम बुकिङ्ग खुल्ला गरिएको भएता पनि अप्ठेरा बाटोका कारण यात्रुहरुलाई समयमै सुरक्षित यात्रा गराउन समस्या भएको उनले बताए । दशै मनाउने यात्रुहरुको सुरक्षालाई ध्यानमा राखेर  सडककाे सुधारमा जोड दिन सरकारलाई सुझाव दिए ।

त्यसैगरी राजनीतिक पहुँच भएका र ठूलो ओहदामा बसेकाहरुले फोन र पहुँचका आधारमा टिकटमा कब्जा गर्दै आएकाले सामान्य नागरिकहरुले लाइन बसेर पनि टिकट नपाउने अवस्था पहिले देखिनै रहँदै आएकाले पहुँचमा भएका व्यक्तिहरुलाई पनि सामान्य नगरिकहरुले जस्तै लाईन बसेर नै टिकट काट्न उनले आग्रह समेत गरे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।