बैंकले आर्थिक वर्ष २०७४/७५को कमाईबाट शेयरधनीहरुलाई ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैंयाको ३७ लाख ७१ हजार ९७२ कित्ता बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो। सोहि शेयर आइबार नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले बोनसमा लाग्ने करका लागि नगद लाभांश भने छुट्याको थिए। बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैँले तिनुपर्ने हुन्छ।
हाल २ अर्ब १७ करोड ३५ लाख २३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
बैंकको गत साउन २८ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले उक्त बोनस पारित गरेको थियोे। साधारणसभा तथा बोनस शेयर प्रयोजनका लागि बैंकले साउन २२ गतेदेखि बुक क्लोज गरेकोले साउन २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त बोनस शेयर पाउनेछन्।