नेशनल लाइफ इन्स्योरेन्सले व्यवसाय विस्तारकाे लागि शाखा विस्तार र प्रविधिमा लगानी बढाउने

Sep 23, 2019 10:36 AM Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले प्रतिष्पर्धात्मक बजारमा ब्यवसाय विस्तारको लागि शाखा विस्तार, प्रविधिमा लगानी र नयाँ बीमा लेखहरुमा विशेष जोड दिने जनाएको छ। 

इन्स्योरेन्सले आयोजना गरेको असोज ५ गते सम्पन्न वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोहमा बोल्दै अध्यक्ष प्रेमा सिंहले सो कुरा प्रष्ट पारेकी हुन्।

ब्यवसाय विस्तारसंगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत विशेष ध्यान दिएको र गत वर्ष देखि विपन्न वर्गका वाल-वालिकाहरुलाई शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने हिसाबले “वाल-वालिका शिक्षा योजना छात्रवृत्ती कार्यक्रम” सञ्चालन गरेको समते उनले जानकारी गराईन्।

यस्तै कम्पनी वित्तिय एवं संरचनागत हिसाबले राम्रो रहेको गर्दै उनले कम्पनीको जीवन बीमा कोष २७ अर्ब भन्दा बढी पुगेको र चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुगेको जानकारी गराईन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भरत वस्नेतले आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले सन्तोषजनक ब्यवसाय गरेको र नेपालको जीवन बीमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको दाबी गरे।

कम्पनीको वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोहमा आर्थिक वर्ष २०७५/७६ मा मुलुक भरी रहेका कम्पनीको ४७ हजार ४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको छ।

समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः ४ लाख, ३ लाख र २ लाख रुपैयाँ नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको छ । यस्तै ब्यक्तिगत अभिकर्तामा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः २ लाख ५० हजार, २ लाख र १ लाख रुपैयाँ नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरियो। यसै गरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।