ग्लोबल आईएमई लघुवित्तको हकप्रद शेयर सबै बिकेन, लिलामीमा आउने तयारी

Sep 23, 2019 12:19 PM Merolagani

ग्लोबल आईएमई लघुवित्त (GILB) ले बिक्रीमा ल्याएको शतप्रतिशत हकप्रद शेयरमा सबै कित्ता शेयर बिक्री नभएपछि अवितरीत शेयर लिलामीमा आउने भएको छ । 

लघुवित्तलेले साउन २१ देखि भदौ २३ गते सम्म बिक्रीमा ल्याएको चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातको ११ लाख ४ हजार कित्ता हकप्रद शेयरमा १० लाख ४८ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी ५६ हजार कित्ता शेयर लिलामीमा आउने भएको हो ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

हाल ११ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शतप्रतिशत हकप्रद बिक्री भएपछि पूँजी २२ करोड ९ लाख रुपैयाँ पुग्नेछ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।