फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लाभांश वितरण गर्न बोलायो साधारण सभा

Sep 24, 2019 10:01 AM Merolagani

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त (FMDBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको लाभांश वितरण गर्न दशौं वार्षिक साधारण सभा  आह्वान गरेको छ। 

लघुवित्तले असोज २८ गते मंगलबार बिहान १० बजे आम्रपाली ब्याङ्केट भाटभटेनीमा साधारण सभा बोलाएको हो। गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि ०.८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्तावको रुपमा लघुवित्तले साधारण सभामा लैजाँदैछ।

लघुवित्तले शेयरधधनीहरुलाई गत वर्षको मुनाफाबाट ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पूँजीको १७ प्रतिशतले हुन आउने ११ करोड ६३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८९४७ प्रतिशत अर्थात ६१ लाख २३ हजार ५२३ रुपैयाँ नगद लाभांश गरी कूल १२ करोड २४ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट अनुमोदन गर्नेछ।

यसैगरि गत आवको नाफा नोक्सान हिसाबमाथि छलफल गरि पारित गर्ने,  आव २०७६/७७ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने तथा लघुवित्तको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गरि ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँ पुर्याउने लगायतका प्रस्तावहरु पनि लघुवित्तको साधारण सभामा रहेका छन्।

उक्त साधारण सभा प्रयोजनका लागि लघुवित्तले असोज १४ गते देखि असोज २८ गतेसम्मका लागि शेयर दाखिल खारेज दर्ता बन्द (बुकक्लोज) गर्ने भएको छ। यसअनुसार असोज १३ गते सोमबारसम्म नेप्सेमा कारोबार भई लघुवित्तको शेयर रजिष्ट्रारमा कायम रहने लगानीकर्ताले मात्रै उक्त लाभांश पाउनेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।