मर्जरमा गएका तिनाउ र मिसनको एकीकृत कारोबार पश्चात कतिमा खुल्ने भयो शेयर कारोबार?

Sep 24, 2019 11:10 AM Merolagani

तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकको रोक्का भएको झण्डै ७ महिनापछि पुन: शेयर कारोबार खुलेको छ। दुई बैंकको एकीकृत कारोबार पश्चात असोज ७ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज  कारोबार खुलेको हो। तिनाउ र मिसन डेभलपमेन्ट बैंकले गत चैत ३ गते मर्जरमा जाने सम्झौता थिए।

नेप्सेले मर्जरपश्चात बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकको पहिलो शेयर कारोबारको लागि १६४ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। नेप्सेले दिएको उक्त रेञ्जमा आधारित रहेर मंगलबार बैंकको शेयर कारोबार खुल्नेछ। 

बैंकको शेयर कारोबारको लागि नेप्सेले छुट्टै कारोबार संकेत समेत प्रदान गरेको छ । नेपाल स्टक एक्सचेञ्जले बैंकको शेयर कारोबारको लागि टिएमडिविएल (TMDBL) संकेत प्रदान गरेको छ। सोहि संकेतमा आधारीत रहेर कम्पनीको शेयर कारोबार हुनेछ। यसअघि मिसनको एमआईडिबिएल (MIDBL) मा र तिनाउको टिएनबिएल (TNBL) संकेतमा कारोबार हुँदै आएको थियो।

 

 

दुई विकास बैंक बीचको मर्जर सम्पन्न भएपछि भदौ ३० गते तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाममा एक करोड १४ लाख ४१ हजार ६८१.२५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

तिनाउ मिसन डेभलपमेन्ट बैंकले असार ३१ गतेदेखि एकीकृत संस्थाको रुपमा चुक्ता पूँजी १ अर्ब १४ करोड रुपैयाँ कायम गरि गत असार ३१ गतेदेखि एकीकृत करोबार सुरु गरेका थिए।

तिनाउ मिसन डेभलपमेन्ट बैंकले कम्युनिटी डेभलपमेन्ट बैंकसँग समेत प्राप्ती गर्ने सम्झौता गरीसकेको छ। कम्युनिटी डेभलपमेन्ट बैंकसँग समेत प्राप्ती प्रस्ताव पारित गर्न तिनाउ मिसन बैंकले आजै सिद्धार्थ कटेज एण्ड रेष्टुरेन्ट बुटवलमा एक बराबर एक अनुपातमा प्राप्ती गर्ने प्रस्ताव अनुमोदन गर्दैछ।

बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक मिसिएर राष्ट्रिय स्तरको विकास बैंक बन्ने निर्णय गरेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।