गुँरास लघुवित्तको लाभांश संशोधन, राष्ट्र बैंकको सुझावपछि घटाएर प्रस्ताव

Sep 25, 2019 11:35 AM Merolagani

गुँरास लघुवित्त(GLBSL) ले गत आर्थिक वर्ष २०७५/७६ को कमाइबाट शेयरधनीहलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । 

लघुवित्तले यसअघि चुक्ता पूँजीको ८.३८ प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश वितरणको गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकसँग भएको छलफल र  सुझाव अनुसार लघुवित्तले लाभांश दर संशोधन गरेको हो।

लघुवित्तले यसअघि प्रस्ताव गरेको भन्दा घटाएर लाभांश प्रस्ताव गरेको छ।

असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.६१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४००७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्। 

हाल ७ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीकाे बोनस वितरण पश्चात पूँजी ८ करोड ३४ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।