प्राइम लाइफको बोनस शेयर पारित, चुक्ता पूँजी दुई अर्ब नाघ्ने

Sep 25, 2019 12:36 PM Merolagani

प्राइम लाइफ इन्स्योरेन्सको असोज ७ गते सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित बोनस पारित गरेको छ। इस्योरेन्सको विशेष साधारणसभाले हालको चुक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख रुपैयाँको १२.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।

 विशेष साधारण सभाबाट पारित भएको बोनस शेयर वितरणपछि चुक्ता पूँजी २ अर्ब ७९ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी कायम गर्न विशेष साधारण सभा बोलाएको हो ।

विशेष साधारणसभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ ।

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले सातैवटा प्रादेशिक, शाखा, उपशाखा र सम्पर्क कार्यालय गरी १४० भन्दा बढी स्थानबाट सेवा दिइरहेको छ । कम्पनीले विभिन्न १६ किसिमका जीवन बीमालेखहरू प्रचलनमा ल्याएको छ ।

इन्स्योरेन्सले २०७६ भदौ मसान्तसम्ममा १६ लाख ९० हजार बीमालेख बिक्री गरी कुल १५ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ । कम्पनीको जीवन बीमाकोषको आकार ८ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।


comments powered by Disqus

नेपाल लाइफको ‘कोरोना नियन्त्रण कोष’मा एक करोडको सहयोग

Apr 03, 2020 07:29 PM

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारको ‘कारोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ ।