सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ धितोपत्र बजारमा सूचीकृत

Sep 25, 2019 05:40 PM merolagani

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ धितोपत्र बजारमा सूचीकृत भएको छ । १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइको म्युचुअल फण्ड दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको हो ।

फण्डको इकाई सूचीकरणपश्चात अब बिहीबारबाट इकाइको कारोबार खुल्नेछ। सिद्धार्थ क्यापिटलको यो चौथो म्युचुअल फण्ड हो । 

सिद्धार्थ बैंक र सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा साउन २३ देखि भदौ ५ गतेसम्म १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री भएकाे थियाे। 

सगरमाथा र सिद्धार्थ इन्सुरेन्सको बोनस सूचीकृत

सगरमाथा र सिद्धार्थ इन्सुरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा बितरणगरेकाे बोनस शेयर धितोपत्र बजारमा सूचीकृत भएको छ । सगरमाथा इन्स्योरेन्सको ४६ लाख २९ हजार ३१० कित्ता र सिद्धार्थ इन्सुरेन्सकाे १३ लाख ४० हजार ८१६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सगरमाथा इन्स्योरेन्सले असार १३ सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै सिद्धार्थ इन्सुरेन्सले पनि असार १३ गते नै सम्पन्न साधारण सभाबाट चुक्ता पूँजीको १५.४८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।