माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Sep 26, 2019 10:30 AM Merolagani

माछापुच्छ्रे बैंक (MBL) को लाभांश सुरक्षित गर्ने असोज ९ गते बिहीबार अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि भदौ १० गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले बिहीबारसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन्। 

बैंकले गत आर्थिक वर्षको २०७५/०७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेर असोज २४ गते २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

त्यसैगरी बैंकले साधारण सभाबाट अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान तथा वैदेशिक रणनीतिक साझेदारीमा जान सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहक सम्पुर्ण बैकिंङ सुविधा प्रदान गरिरहेको छ।

बैंकले देशभर १५७ वटा एटीएम सञ्चालन गरेको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।