सिर्जना फाइनान्सको हकप्रदलाई कमजोर रेटिङ्ग

Sep 26, 2019 02:26 PM Merolagani

सिर्जना फाइनान्स (SFFIL) ले निष्काशन गर्न लागेको हकप्रदले कमजोर रेटिङ्ग पाएको छ। फाइनान्सले निष्काशन गर्न लागेको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयरलाई इक्रा नेपालले 'इक्रा एनपि आईपीओ ग्रेड ४ प्लस'  रेटिङ्ग प्रदान गरेको छ।

इक्रा एनपि आईपीओ ग्रेड ४ प्लस रेटिङ्गले फाइनान्स कम्पनीको आधारभुत अवस्था औसतभन्दा कमजोर जनाउँछ। 

इक्राले क्रेडिट रेटिङ्ग गर्दा १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार रहेको जनाउँछ। ग्रेड २,३,४ मा उल्लेख गरिने प्लस चिन्हले सो समूहमा तुलनात्मक सकारात्मक अवस्थालाई जनाउने गर्दछ ।

फाइनान्सले असोज १७ गतेदेखि हाल कायम चुक्ता पूँजी ४६ करोड ८ लाख रुपैयाँको ६० प्रतिशत अर्थात १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रद शेयर निष्काशनको लागि फाइनान्सले असोज ६ गते बुकक्लोज गरेकाले असोज ५ गतेसम्म फाइनान्सको शेयरधनी कायम भएका लगानीकर्ताले मात्र आवेदन गर्न पाउनेछन्।

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ छ। ६० प्रतिशत हकप्रद बिक्री पश्चात फाइनान्सको चुक्ता पूँजी ६४ करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।