समता माइक्रोफाइनान्सको लाभांश घोषणा

Sep 26, 2019 05:15 PM Merolagani

समता माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश घोषणा गरेको छ। 

लघुवित्त सञ्चालक समितिको असोज ९ गते सम्पन्न ८१ औं बैठकले १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १६.५८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ६.६६ प्रतिशत बोनस शेयर र ७.३६ प्रतिशत नगद गरि कूल १४.०२ प्रतिशत लाभांश वितरण गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।