लक्ष्मी बैंकको २ अर्बको ऋणपत्र दशैंपछि, लगानी गर्दा के फाइदा?

Sep 27, 2019 10:44 AM Merolagani

लक्ष्मी बैंक (LBL) ले दीर्घकालीन लगानीको स्रोत जुटाउने उदेश्यले असोज २३ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले एक हजार रुपैयाँ अंकित दरमा २० लाख युनिट ऋणपत्र निष्काशन गर्न लागेको हो।

कूल निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात ८ लाख युनिट सर्वसाधारणमा निष्काशन हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात १२ लाख युनिट बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्नेछ।

ऋणपत्रमा आवेदन गर्न चाहाने लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरीदका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्रमा लगानीकर्ताले सि-आश्वा अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेर मार्फत छिटोमा असोज २७ गते सम्म आवेदन गर्न सक्नेछन् भने सो अवधिमा सबै ऋणपत्र बिक्री नभएमा ढिलोमा कात्तिक २२ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ।

बैंकले निष्काशन गर्ने '१० प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर, २०८६' को अवधि दश वर्ष रहेको छ। यस्तै लगानी गर्ने लगानीकर्तालाई दश वर्षसम्म वार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

बैंकले ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धक चयन गरिसकेको छ। ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ।

दीर्घकालीन लगानी स्रोत जुटाउन तथा बैंकको पूँजी प्रयाप्तता अनुपात बढाएर व्यवसाय विस्तारलाई बढावा दिन बैंकले दश वर्ष अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंकमा यसअघि जारी गरेको ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ। बैंक तथा वित्तीय संस्थाहरुमा लगनीयोग्य रकम अभाव खड्किएपछि पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र जारी गर्ने तयारीमा रहेका छन्।

बैंकहरुलाई लगानीयोग्य रकम अभाव भएपश्चात केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीमा साधन परिचालनमा देखिने असन्तुलनलाई कम गर्न अनिवार्य रुपमा चुक्ता पूँजी २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ।

पछिल्लो समयमा लगानीयोग्य रकमको अभाव र पूँजीकोष अनुपातमा दबाब सामना गरेका बैंकहरुले ऋणपत्र निष्काशन तिब्र बनाएका छन्। तर सर्वसाधारण लगानीकर्तामा यसप्रतिको आकर्षण कम हुँदा सर्वसाधारणमा निष्काशन हुने सबै ऋणपत्र बिक्री हुन सकेको छैन।

  • लगानीकर्तालाई के फाईदा ?

बैंकको ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले कम जोखिममा वार्षिक १० प्रतिशत ब्याज प्राप्त गर्न सक्छन्। जसले गर्दा बचत तथा मुद्धती खाताहरुमा भईंरहने ब्याजदर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन।

ऋणपत्रमा लगानी गर्नेलाई शेयर बजारमा जस्तो शेयरको मूल्यमा घटबढ हुने डर रहँदैन। कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ। कम्पनीले नोक्सानमा गएको वर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ।

यस्तै लगानीकर्ताले खरिद गरेको उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरि लगानी फिर्ता लिन सकिने छ। शेयर जस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सूचीकृत हुने हुँदा सजिलै किनबेच गर्न सकिन्छ यद्यपी हालसम्म शेयर बजारजस्तो ऋणपत्रको खरीदबिक्री सहज रुपमा भने भएको पाँइदैन।

ऋणपत्रको निर्धारित अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइर्दा नै हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।