काठमाडौंमा भएको साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुन आउने एक अर्ब ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने २५ करोड ११ लाख ३१ हजार रकम बराबरको बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।
साधारणसभा पछि आजै बसेको संचालक समितिको बैठकले राजनसिंह भण्डारीलाई अध्यक्षको रूपमा चयन गरेको छ । उनी सोही बैंकको कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् ।
यसअघि साधारण सभाले भण्डारी, प्रवलजंग पाण्डे, सजन शर्मालाई संस्थापक समूहबाट र सीता कार्की केसीलाई साधारण समूहबाट सञ्चालक समितिमा निर्वाचित गरेको थियो ।
साधारणसभाले आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०७६ आषाढ मसान्तको वासलात लगायतका एकीकृत वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।