सूर्या लाइफको हकप्रद भर्ने आइतबार अन्तिम मौका

Sep 29, 2019 09:46 AM Merolagani

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले भदौ ८ गतेदेखि निष्काशन गरेको चुक्ता पूँजीको ७० प्रतिशत बराबरको हकप्रदमा आवेदन दिने असोज १२ गते आइतबार अन्तिम दिन रहेको छ।

हकप्रदमा एनआईसि एशिया क्यापिटलको कार्यालयका साथै सि आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। सूर्या लाइफका उपत्यका बाहिरका शाखा कार्यालय मार्फत पनि आवेदन गर्न पाइनेछ। 

कम्पनीले ८८ करोड ७४ लाख रुपैयाँको हकप्रद शेयर बिक्री खुला गरेको थियो। बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले हकप्रद जारी गरेको हो। हकप्रदमा बुकक्लोजको अघिल्लो दिन अर्थात साउन २८ गते मंगलबारसम्म शेयर खरीद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्।

कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल रहेको छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले सूर्या लाइफको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ प्रदान गरेको छ।

न्यूनतम चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यतामा रहेको यस इन्स्योरेन्सले ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको हकपद बिक्री खुला गरेको हो। कम्पनीले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता शेयर बिक्री गरेको हो।

हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सूर्या लाइफको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ।

इन्स्योरेन्सको ११ औं वार्षिक साधारणसभाले १० बराबर ७ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो। इन्स्योरेन्सको असोज ९ गते बिहीबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता २६३ रुपैयाँमा शेयर कारोबार भएको छ।

सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा ८ करोड ७३ लाख रुपैयाँले बढाएर २० करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४९ पैसा छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।