कडा सुरक्षा र आक्रमणबीच अफगानी राष्ट्रपतिका लागि भएको मतदान सम्पन्न

Sep 29, 2019 10:12 AM Agency

अफगानिस्तानमा कडा सुरक्षा र बम आक्रमणका घटनाबीच शनिवार भएको राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ ।

मतदान केन्द्रलाई निशाना बनाउने बताएका तालिबान लडाकुको चेतावनी बीच देशभरि ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । तालिवान विद्रोहीले मतदान केन्द्रहरूसमेतमा बम र मोर्टार आक्रमण गरी निर्वाचन मतदानलाई भाँड्ने प्रयास गरेका थिए ।

नब्बे लाखभन्दा बढी मतदातामध्ये यहाँ ३५ प्रतिशत महिला मतदाता रहेका छन् । स्वतन्त्र निर्वाचन आयोगले तीन हप्ताभित्र मतदानको नतिजा सार्वजनिक गर्नसक्ने अपेक्षा गरिएको छ ।

दुई पटक सारिएको उक्त निर्वाचन अमेरिका र तालिबान विद्रोही समूहबीच केही समयदेखि हुँदै आएको शान्तिवार्ता भङ्ग भएपछि निर्वाचन भएको हो ।

अफगानिस्तानका निवर्तमान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह प्रमुख दाबेदार मानिएका छन् । उनीहरू सन् २०१४ देखि सत्तामा छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।