कुमारी बैंकको बोनस अनुमोदन, चुक्ता पूँजी साढे ९ अर्ब पुग्यो

Sep 29, 2019 10:39 AM Merolagani

कुमारी बैंक लिमिटेड (KBL) को १९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको चुक्ता पूँजीको दश प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश अनुमोदन गरेको छ।

बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा नक्सालस्थित नक्साल ब्यानक्वेटमा असोज ११ गते सम्पन्न भएको साधारण सभाले शेयर धनीहरुलाई आ.व.२०७५/०७६ को लागि १० प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड कायम भएको छ।

यसैगरि सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ।

 

आर्थिक वर्ष २०७५/०७६ को मसान्तसम्म बैंकले कूल निक्षेप ८४ अर्ब ४० करोड परिचालन तथा कूल कर्जा रकम ७६ अर्ब ९८ करोड प्रवाह गरी सञ्चालन मुनाफा १ अर्ब ७६ करोड तथा १ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा सञ्जाल, ९३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखा रहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।