लघुवित्त सञ्चालक समितिको असोज १० गते शुक्रबार सम्पन्न १७५ औं बैठकले १२ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो।
सञ्चालक समितिको बैठको निर्णय अनुसार लघुवित्तले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट चुक्ता पूँजी १० करोड ८० लाख रुपैयाँबाट १२ प्रतिशतले हुन आउने एक करोड २९ लाख ६० हजार रुपैयाँको बोनस र ६ लाख ८२ हजार १०५ रुपैयाँ नगद लाभांश गरि कूल एक करोड ३६ लाख ४५ हजार १०५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बोनस वितरण पश्प्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड ९ लाख ६० हजार रुपैयाँ पुग्नेछ । कालिका लघुवित्त कम्पनी र आईपीओ निष्काशन गरेर सूचीकृत हुन बाँकी रहेको जनसेवी लघुवित्त मर्जर प्रकृयामा रहेका छन्। उनीहरुले गत जेठ ५ गते आपसमा गाभ्ने/गाभिने सम्झौता गरेका हुन्। जनसेवीको चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँ रहेको छ ।