नेपाल बैंकको सीइओमा कृष्णबहादुर अधिकारी

Sep 29, 2019 11:26 AM Merolagani

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। नव नियुक्त अधिकारी खुला प्रतिस्पर्धाबाट सीइओमा नियुक्त भएका हुन्।

शनिबार बसेको सञ्चालक समिति बैठकले तीन जना मध्येबाट अधिकारीलाई आगामी चार वर्षका लागि सीइओ नियुक्त गरेको हो। उनी यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए। 

बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि १४ जनाको आवेदन परेको थियो। त्यस मध्येबाट प्रमुख कार्यकारी अधिकृतको अन्तिम छनौटमा अधिकारी सहित शंकर कुमार रायमाझी र शेषरमण आचार्य परेका थिए।

बैंकका डेपुटी सिइओ रहेका अधिकारी प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि कामु सिइओ बनेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए र पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका अधिकारी नेपाल बैंककै करियर बैंकर हुन् । उनले २०६१ साल देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका थिए । नेपाल बैंकमा सिइओको मासिक तलब ३ लाख रुपैयाँ हुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।