Tue, Mar 26, 2024
शेयर बजारमा सबैभन्दा महङ्गो शेयरमूल्य रहेको युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको नगद लाभांश वितरण अन्तर बैंक पेमेन्ट सिस्टम मार्फत हुने भन्दै शेयरधनीलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन भनेको छ।
युनिलिभर नेपालले गत आवको मुनाफाबाट प्रतिशेयर ७७० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ। उक्त लाभांश साधारण सभाबाट अनुमोदन भएपश्चात शेयरधनीलाई वितरण हुनेछ। कम्पनीले हालसम्म साधारण सभा भने आह्वान गरिसकेको छैन। सोही लाभांश पठाउन कम्पनीले आफ्ना शेयरधनीहरुलाई कागजी शेयर प्रमाणपत्र डिम्याट गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन भनेको हो। शेयरधनीले डिम्याट खातामा अद्यावधिक गराएको बैंक खातामा कम्पनीले सिधै खातामा रकमान्तर गरिने जनाएको छ । भौतिक (कागजी) शेयर धारण गरेका शेयरधनीलाई शेयर डिम्याट खाता खोली शेयर अभौतिकिरण डिम्याट गराए पश्चात मात्र लाभांश पाउने भएकाले शेयर रजिष्ट्रार सनराइज क्यापिटल वा कुनैपनि निक्षेप सदस्य मार्फत खाता खोली डिम्याट गराउन सकिने कम्पनीले जनाएको छ। लगानीकर्ताले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था मार्फत पनि हितग्राही खाता खोल्न सक्नेछन्। कम्पनीले जारी गरेको सूचना यहाँबाट हेर्नुहोस्:
युनिलिभर नेपालले गत आवको मुनाफाबाट प्रतिशेयर ७७० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ। उक्त लाभांश साधारण सभाबाट अनुमोदन भएपश्चात शेयरधनीलाई वितरण हुनेछ। कम्पनीले हालसम्म साधारण सभा भने आह्वान गरिसकेको छैन।
सोही लाभांश पठाउन कम्पनीले आफ्ना शेयरधनीहरुलाई कागजी शेयर प्रमाणपत्र डिम्याट गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन भनेको हो। शेयरधनीले डिम्याट खातामा अद्यावधिक गराएको बैंक खातामा कम्पनीले सिधै खातामा रकमान्तर गरिने जनाएको छ ।
भौतिक (कागजी) शेयर धारण गरेका शेयरधनीलाई शेयर डिम्याट खाता खोली शेयर अभौतिकिरण डिम्याट गराए पश्चात मात्र लाभांश पाउने भएकाले शेयर रजिष्ट्रार सनराइज क्यापिटल वा कुनैपनि निक्षेप सदस्य मार्फत खाता खोली डिम्याट गराउन सकिने कम्पनीले जनाएको छ। लगानीकर्ताले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था मार्फत पनि हितग्राही खाता खोल्न सक्नेछन्।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।