नेपाल स्टक एक्सचेञ्जले सोमबार बैंकको पहिलो शेयर कारोबारको लागि ओपनिङ्ग रेञ्ज तोकेसँगै दोस्रो बजारमा शेयर कारोबार खुलेको हो।
नेप्सेले बैंकको पहिलो शेयर कारोबारको लागि एसएपिडिबिएल (SAPDBL) कारोबार संकेत प्रदान गरेको छ भने १४३ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदन गरेको छ। नेप्सेले प्रदान गरेको सोहि रेञ्जलाई आधार मानेर सोमबार बैंकको शेयर कारोबार हुनेछ।
सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकको मर्जर पछि सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट असार २२ गते देखि दुबै संस्थाको एकीकृत कारोबार सुरु गरेका थिए ।
प्रादेशिक स्तरको बैंक बन्ने लक्ष्यसहित दुई बैंकबीच गत माघ पहिलो साता मर्जरमा जाने सहमति भएको थियो । दुई विकास बैंक एक बराबर एक शेयर रेसियो अनुपातमा मर्जरमा गएका हुन् ।
मर्जरपछि बन्ने सप्तकोशी डेभलपमेन्ट बैंक २८ वटा शाखा कार्यालय सहित प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक बनेको छ भने चुक्ता पूँजी ८१ करोड रुपैयाँ पुगेको छ ।