फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

Oct 01, 2019 10:51 AM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) को शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १७ प्रतिशत बोनस समायोजन गरि नेप्सेले असोज १४ गते मंगलबार नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले १७ प्रतिशत बोनस पश्चात लघुवित्तको प्रतिकित्ता ३२१ रुपैयाँ ३७ पैसा मूल्य निर्धारण गरेको छ । यसअनुसार मंगलबार नेप्सेमा समायोजित शेयरमूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।

लघुवित्तले उक्त लाभांश पारित गर्न लघुवित्तले असोज २८ गते मंगलबार बिहान १० बजे आम्रपाली ब्याङ्केट भाटभटेनीमा साधारण सभा आह्वान गरेको छ। उक्त साधारण सभा प्रयोजनका लागि लघुवित्तले असोज १४ गते देखि असोज २८ गतेसम्मका लागि शेयर दाखिल खारेज दर्ता बन्द गरेसँगै शेयरमूल्य समायोजन भएको हो।

यसअनुसार असोज १३ गते सोमबारसम्म नेप्सेमा कारोबार भई लघुवित्तको शेयर रजिष्ट्रारमा कायम रहने लगानीकर्ताले मात्रै प्रस्तावित १७ प्रतिशत बोनस पाउनेछन्। मंगलबार समायोजित मूल्यमा शेयर किन्नेले भने बोनस पाउँदैनन्।

लघुवित्त कम्पनीको सञ्चालक समितिको साउन २७ गते सम्पन्न बैठकले शेयरधनीहरुलाई गत वर्षको मुनाफाबाट ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पूँजीको १७ प्रतिशतले हुन आउने ११ करोड ३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८९४७ प्रतिशत नगद लाभांश गरी कूल १२ करोड २४ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।