शेयर बजारमा थपियो एक करोड ११ लाख कित्ता बोनस शेयर

Oct 02, 2019 09:15 AM Merolagani

धितोपत्र बजारमा मंगलबार एक करोड ११ लाख ५२ हजार ५३५ दशमलव २२ कित्ता बोनस शेयर कारोबारका लागि सूचीकृत भएको छ।

नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) ले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट वितरण गरेको चुक्ता पूँजीको १५.८९ प्रतिशत बराबरको कित्ता बोनस शेयर नेप्सेमा असोज १४ गते  मंगलबार कारोबारका लागि सूचीकरण गराएको हो। 

एनसीसी बैंकको गत भदौ २१ गते सम्पन्न २० औं र २१ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो। सो बोनस साउन २३ गते बिहीबारसम्म कायम रहेका शेयरधनीले मात्रै पाउनेछन्।

यसैगरि मंगलबार नै नेप्सेमा आइएमई जनरल इन्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट वितरण गरेको चुक्ता पूँजी चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँको ५ प्रतिशत बराबरको ४ लाख ८६ हजार कित्ता बोनस सूचीकृत भएको थियो।

कम्पनीको २०७६ असार २९ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।