आशा लघुवित्तको शेयरमूल्य समायोजन

Oct 02, 2019 10:52 AM Merolagani

आशा लघुवित्त वित्तिय संस्था (ALBSL) को असोज १५ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ।

लघुवित्त कम्पनीले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांशको बुधबार शेयरधनी दर्ता किताब बन्द गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो। 

नेप्सेले लघुवित्तको १२ प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता ३८७ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ। समायोजन भएको मूल्यलाई आधार मानेर बुधबार लघुवित्तको शेयर कारोबार खुल्नेछ।

सञ्चालक समितिको बैकठले प्रस्ताव गरेको उक्त लाभांश अनुमोदन गर्न लघुवित्तले कात्तिक ७ तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। सोहि प्रयोजनको लागि बुधबबार बुकक्लोज गरेको हो। यसअनुसार असोज १४ गते मंगलबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्।

साधारण सभाबाट बोनस अनुमोदन पश्चत २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको पूँजी २३ करोड २२ लाख रुपैयाँ पुग्नेछ।

त्यस्तै सभाबाट आशा लघुवित्तले अन्य इजाजत प्राप्त 'घ' वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभिन वा प्राप्ती गर्न, समझदारी पत्रमा हस्ताक्षर गर्न, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष निवेदन दिन तथा मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अधिकार प्रदान गर्ने भएको छ ।

त्यसैगरी साधारणसभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सर्वसाधारण समुहको २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा समेत छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।