वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स नाम परिवर्तन, अब के नामबाट हुन्छ कारोबार ?

Oct 03, 2019 01:27 PM Merolagani

वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड(WMBF)को नाम परिवर्तन भएर समृद्धि फाइनान्स कम्पनी लिमिटेड भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले वर्ड मर्चेन्ट एण्ड फाइनान्सको नाम परिवर्तन गरेर समृद्धि फाइनान्स कम्पनी कायम गरेको छ।

जस अनुसार साबिकको वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सबाट भएको सम्पूर्ण कारोबार अब समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नामबाट हुने भएको हो ।

फाइनान्सको १६ औं र १७ औं वार्षिक साधारण साभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम फाइनान्सले नाम परिवर्तन गरेको हो ।

नेपाल राष्ट्र बैंकले वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स्को नाममा भएको सम्पूर्ण चल अचल नाम परिवर्तन हुने कम्पनीले सकार्न सक्ने गरी साउन १९ गते नै स्वीकृती प्रदान गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।