बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन

Oct 03, 2019 10:49 AM Merolagani

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) को असोज १६ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ११ प्रतिशत नगद लाभांशको बिहीबार शेयरधनी दर्ता किताब बन्द गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको ६ प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता २४५ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ। समायोजन भएको मूल्यलाई आधार मानेर बिहीबार बैंकको शेयर कारोबार खुल्नेछ।
बैंकले असोज ३० गते बिहीबार बिहान १० बजे एलिस रिसेप्सन्स गैरीधारा काठमाडौंमा आह्वान गरेको २५ औं वार्षिक साधारण सभाका लागि असोज १६ गतेदेखि शेयर दाखिला खारेज दर्ता बन्द गरेको हो।
यसअनुसार असोज १५ गतेसम्म कायम शेयरधनीले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्।बैंक सञ्चालक समितिको भदौ १५ गते सम्पन्न १३० औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद (बोनसमा लाग्ने कर सहित) कूल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
यसैगरी गत आर्थिक बर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरि पारित गर्ने, २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि बैंकले साधारण सभामा लैजादैँ छ।
 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।