युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने बिहीबार अन्तिम दिन

Oct 10, 2019 11:10 AM merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले निष्काशन गरेको चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने बिहीबार अन्तिम दिन रहेको छ। 

 

इन्स्योरेन्सको हकप्रदमा बिहीबार कार्यालय समयभित्र युनाइटेड इन्स्योरेन्सका सम्पूर्ण शाखा तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलबाट र धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिन्छ।

इन्स्योरेन्सको हकप्रद शेयरमा साउन १३ गतेसम्म कायम भएका शेयरधनीहरुले आफ्नो हकअनुसारको हकप्रदमा आवेदन दिन सक्नेछन्।

 यसअघि कम्पनीले असोज ६ गतेलाई अन्तिम मिति तोकेर हकप्रद निष्काशन गरेकोमा सबै शेयर बिक्री नभएपछि समय थप गरी असोज २३ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था मिलाएको थियो ।

युनाइटेड इन्स्योरेन्सले गत भदौ ३ गतेदेखि १० बराबर २४ कित्ताको अनुपातमा कूल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

केयर रेटिङ्स नेपालले कम्पनीको हकप्रद शेयरलाई केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको आधारभुत पक्ष औसत भन्दा तल आधार रहेको जनाउँछ।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद पूँजीकरण पश्चात बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम एक अर्बभन्दा बढी अर्थात एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ। यस्तै संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात ६०ः४० कायम हुनेछ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।