प्रभु बैंकको लाभांश प्रस्ताव

Oct 10, 2019 11:57 AM merolagani

प्रभु बैंक (PRVU) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

 

बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष बैंकको लाभांश दर बढेको हो ।

हाल ८ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनसपश्चात पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।

बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २४ रुपैयाँ कायम गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।