एनएमबि माइक्रोफाइनान्सको १५० प्रतिशत हकप्रद स्वीकृत

Oct 10, 2019 03:17 PM merolagani

एनएमबि माइक्रोफाइनान्स(NMBMF)ले चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । माइक्रोफाइनान्सले १ बराबर १ दशमलब ५को अनुपातमा एक सय रुपैयाँ अंकित दरले २४ लाख ३० हजार ९३ कित्ता हकप्रद निष्काशनको स्वीकृत पाएको हो ।

माइक्रोफाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले माइक्रोफाइनान्सको हकप्रद निष्काशनका लागि ग्रेड ४ प्रदान गरेको छ ।

माइक्रोफाइनान्सको चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि रेटिङ्ग गराएको हो । जसको मतलब माइक्रोफाइनान्सको आधारभुत अवस्था औसत भन्दा कमजोर छ भन्ने बुझाउँछ ।

माइक्रोफाइनान्सको गत पुस २९ गते सम्पन्न साधारण सभासभाले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय अनुमोदन गरेको थियो ।

हकप्रद निष्काशनपछि माइक्रोफाइनान्सको चुक्ता पूँजी ४० करोड ५० लाख रुपैयाँ बराबर पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।