पुनर्बीमा कम्पनीले दुई वर्ष अवधिको निक्षेप राख्न बैंकहरुसँग माग्यो शिलबन्दी प्रस्ताव

Oct 13, 2019 11:21 AM Merolagani

नेपाल पुनर्बीमा कम्पनी (NRICL) ले दुई वर्ष अवधिका लागि मुद्धती निक्षेप लगानी गर्न वाणिज्य तथा विकास बैंकहरुको खोजी गरेको छ। कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त इच्छुक वाणिज्य तथा विकास बैंकहरुलाई कार्तिक ३ गते आइतबारसम्म गोप्य शिलबन्दी प्रस्ताव फारम बुझाउन आह्वान गरेको हो।

कम्पनीले विभिन्न १६ बुँदामा बैंकको विवरणहरु उल्लेख गरि शिलबन्दी बोलपत्र पेश गर्न सूचना जारी गरेको छ। यद्यपी कम्पनीले कति रकम मुद्धती लगानी गर्न चाहेको भने खुलाएको छैन। मुद्धती निक्षेपमा लगानी गर्ने रकम उल्लेख गर्दा बैंकहरुबाट बोलकबोल गर्दा ब्याजदरमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै रकम उल्लेख नगरिएको पुनर्बीमा कम्पनीले जनाएको छ ।

शिलबन्दी बोलपत्र पेश गर्दा सम्बन्धित बैंकको पूँजी कोष अनुपात, निष्कृष्य कर्जा, सि.डि रेसियो, तरल सम्पत्ति र स्वदेशी मुद्रा निक्षेप, रियल स्टेट कर्जा, सर्वसाधाणको कूल निक्षेप रुपैयाँमा, चुक्ता पूँजी, पूँजी प्रर्याप्तता अनुपात, प्रतिशेयर किताबी मूल्य, कम्पनीको नाममा रहेको हालसम्मको निक्षेप रकम, प्रति शेयर आम्दानी, पछिललो पटक वार्षिक साधारण सभा सम्पन्न मिति, प्रस्तावित ब्याजदर, प्रस्तावित रकम, ब्याजदर भुक्तानी तरिका र अन्य खुलाउन पर्ने कुराहरु केही भए खुलाउनुपर्नेछ ।

साथै कम्पनीले मुद्दतीमा लगानी गरिएको रकमको समय समाप्त हुनु अगावै निक्षेप रकम फिर्ता वा मुद्दती निक्षेप धरोटी राखि ऋण लिनुपर्ने अवस्थाको शर्त एंव सुविधाहरु समेत अनिवार्य रुपमा खुलाउनका लागि भनेको छ।

यसरी प्रस्ताव गरिएको मुद्दती निक्षेपमा प्रदान गरिने व्याजदरको मान्य अवधि न्यूनतम १५ दिन हुनुपर्ने र वाणिज्य बैंकको न्यूनतम ८ अर्ब र विकास बैंकको ३ अर्ब पूँजीकोष भएको तथा प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ हुनुपर्ने उल्लेख गरिएको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।