शाइन रेसुङ्गाले थाल्यो दुई विकास बैंकलाई गाभेर आजदेखि एकीकृत कारोबार

Oct 14, 2019 12:02 PM Merolagani

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) ले असोज २७ गते सोमबारदेखि पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ती गरि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार थालेको छ। 

शाइनले नेपाल राष्ट्र बैंकबाट असोज ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज १६ गते पूर्णिमा र भार्गवलाई प्राप्ति गरि एकीकृत कारोबार थाल्न अनुमति प्राप्त गरेको थियो।

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहि १० जिल्ला कार्यक्षत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र पाँच भार्गव विकास बैंकलाई गाभेको हो।

दुई विकास बैंकलाई गाभेपछि शाइन रेसुङ्गाको शाखा सञ्जाल ७१ पुगेको छ भने चुक्ता पूँजी २ अर्व ६४ करोड पुगेको छ। बैंकको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवल उप महानगर पालिका ६ मा रहनेछ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् भने  संस्थापक संचालकहरुमा थानेश्वर पौडेल, डा. तारा प्रसाद उपाध्याय, ई. सुरज उप्रेती र सर्वसाधारण समुहको तर्फबाट सञ्चालक समितिमा मोहन चापागाई र सुदर्शन गौतम रहेका छन् ।

एक्वीजिसनपश्चात बैंकको निक्षेप परिचालन २६ अर्ब ८७ करोड, कर्जा लगानी २३ अर्ब ८१ करोड, ग्राहक संख्या ३ लाख ७७ हजार र कर्मचारी संख्या ५४५ पुगेको छ। 

बैंकले एक्वीजिसन पश्चात कायम हुने पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ भने दुई विकास बैंकहरूलाई प्राप्ति गरेपश्चात राष्ट्र बैंकबाट अनुमति लिएर राष्ट्रिय स्तरमा कार्यक्षेत्र विस्तार गर्ने योजना बनाएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।