समता लघुवित्तको हकप्रदले लाभांश पाउँछ कि पाउँदैन ?

Oct 14, 2019 10:59 AM Merolagani

समता लघुवित्त वित्तीय संस्था (SMATA) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस र १६.५८ प्रतिशत नगद (बोनसमा लाग्ने कर सहित) गरि कूल ३१.५८ प्रतिशत लाभांश घोषणा गरिसकेको छ।

यद्यपी फाइनान्स कम्पनीप्ले सोमबारदेखि चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद जारी गर्न लागेकोले हकप्रदले गत आवको मुनाफाबाट प्रस्तावित लाभांश पाउँछ कि पाउँदैन भन्ने अन्यौलता कायम नै छ। 

यसैलाई कम्पनीले आज एक सूचना जारी गर्दै स्पष्ट पारेको छ। कम्पनीले भनेको छ लाभांश अनुमोदनका लागि साधारण सभाको बुकक्लोज मितिसम्म जारी भैरहेको हकप्रद बाँडफाँड भएमा उक्त हकप्रदले पनि लाभांश पाउँछ भने हकप्रद बाँडफाँड नभएको खण्डमा हकप्रदअघि कायम चुक्ता पूँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको ३१.५८ प्रतिशत लाभांश वितरण हुनेछ।

 

 

लघुवित्त सञ्चालक समितिको असोज ९ गते सम्पन्न ८१ औं बैठकले १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १६.५८ प्रतिशत नगद लाभांश गरि कूल ३१.५८ प्रतिशत लाभांश घोषणा गरेको थियो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

यदि हकप्रदले समेत लाभांश पाउने भएमा लघुवित्तको शेयरधनीले ५ प्रतिशत बोनस र ५.५२६७ प्रतिशत नगद लाभांश पाउनेछन्। हकप्रद बाँडफाँड भएमा हकप्रदको पूँजीलाई समेत गणना गरि १८ करोड २० लाख १६ हजार चुक्ता पूँजीको आधारमा गणना गर्दा सो लाभांश प्रतिशत कम भएको हो।

हकप्रद र बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १९ करोड ११ लाख १६ हजार ८०० रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।