सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २५ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
हाल ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ चुक्ता पूँजी रहेको बैंककले बोनस पश्चात ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८५२ रुपैयाँ पूँजी पुग्नेछ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले गत आवमा ५ प्रतिशत बोनस बढाएको हो।
एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड खुद नाफा तथा २ अर्ब १८ करोड रुपैयाँ वितरणयोग्य कमाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ५७ पैसा कायम गरेको थियो।