विश्वमा आर्थिक संकट गहिरिँदै, २७ वर्षमा चीन सबैभन्दा कमजोर अवस्थामा

Oct 14, 2019 03:13 PM Merolagani

पछिल्लो समय समग्र विश्व बजारले आर्थिक संकटको सामना गरिरहेको छ। विश्वमा दुई शक्तिशाली अर्थव्यवस्था भएका देशबीच जारी व्यापार युद्धलाई विश्वमा देखा परेको आर्थिक मन्दीको एउटा मुख्य कारणको रुपमा दिइएको छ। 

यसका साथै विभिन्न देशमा जारी तनाव र सुस्त आर्थिक गतिविधिका कारण विश्वका अधिकांश ठूला अर्थव्यवस्था भएका देशहरु आर्थिक संकटको चपेटामा परिहरहेको बताइएको छ।

चालु आर्थिक वर्षमा अमेरिकाको जीडीपी दरमा गिरावट देखिएको छ। सन् २०१९ को दोस्रो त्रैमासमा अमेरिकाको जीडीपी दर घटेर २ प्रतिशतमा झरेको छ। यसैगरी ब्रेक्जिट अनिश्चितता र व्यापार तनावका बीच युरोपियन क्षेत्रको जीडीपीको वृद्धिदर पनि सन् २०१९ को दोस्रो त्रैमासमा सुस्त देखिएको छ।

अमेरिकाका साथ जारी व्यापार युद्ध र त्यसको बढ्दो अवस्थाका साथै विश्व बजारमा चिनीयाँ उत्पादानको मागमा कमी आएका कारण चीनको अर्थव्यवस्था करिब २७ वर्षमा दोस्रो त्रैमासमा सबैभन्दा कमजोर अवस्थामा रहेको छ।

निर्यातमा गिरावटका साथै अटो उद्योगको क्षेत्रमा आएको संकटका कारण जर्मनीको अर्थव्यवस्था पनि सन् २०१९ को दोस्रो त्रैमासमा संकुचित भएको छ। तेस्रो त्रैमास सुरु भइसक्दा पनि यसको गति सन्तोषजनक देखिएको छैन। यहाँ कारखानाको गतिविधिमा लगातार नवौँ महिनासम्म गिरावट कायम रहेको छ।

अमेरिका–चीनका बीचको व्यापारिक तनावमा वृद्धि र विश्व बजारमा मागको मात्रामा आएको गिरावटका बीच जापानी अर्थव्यवस्था पनि सुस्त गतिमा अगाडि बढिरहेको छ। ब्रेक्जिट अनिश्चिततापछि बेलायतको जीडीपी प्रभावित भएको छ।

भारतीय अर्थव्यवस्था पनि पहिलेदेखि नै मन्दीको चपेटामा रहेको छ। आगामी समयमा भारतको विश्व व्यापारमा गिरावट आउनुका साथै आर्थिक मन्दीको अवस्था अझै बढ्ने आशंका व्यक्त गरिएको छ।

यसका साथै रुस, इन्डोनेशिया र थाइल्याण्ड जस्ता देशहरु पनि पछिल्लो समय मन्दीको सामना गरिरहेका छन्।

-एजेन्सीहरुको सहयोगमा 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।