पहिलो खुल्लामुखी योजना एनआइबिएल सहभागिता फण्डको कारोबार सुरु

Oct 14, 2019 05:54 PM merolagani

नेपालकै पहिलो खुल्लामुखी योजना एनआईबिएल सहभागिता फण्डको असोज २७ गते सोमबार देखि कारोबार सुरु भएको छ । फण्डको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले कारोबार सुरु भएको जनाएको छ ।

फण्डको १० रुपैयाँका दरले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता भएको छ । खुल्लामुखी प्रकृतिको उक्त फण्डको इकाई एनआईबिएल एस क्यापिटल तथा क्यापिटलको शाखा कार्यालय मार्फत मात्र खरिद बिक्री हुनेछ ।

उक्त फण्डको इकाईमा न्यूनतम एक हजार रुपैयाँबाट लगानी सुरु गर्न सकिने  छ ।

क्यापिटलका अनुसार, लगानीकर्ताले १,३, ६ र १२ महिनाको अन्तरालमा निश्चित रकम लगानी गर्न सक्ने र चाहेको समयमा इकाई बिक्री गर्न पनि सक्ने छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रबर्धक रहेको सो फण्ड नेपालकै पहिलो खुल्लामुखी योजना हो । एनआईबिएल सहभागिता फण्डको गत जेठ १९ गतेदेखि असार १६ गतेसम्म इकाई बिक्री खुल्ला गरि असार २५ गते सर्वसाधारणमा उक्त इकाई बाँडफाँड गरिएको थियो।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने खुल्लामुखी प्रकृतिको भएकोले यस फण्डको इकाई नेप्सेमा सूचीकृत हुँदैन । यस्तै इकाई परिपक्कको अवधि पनि रहँदैन। योजना व्यवस्थापक र कोष प्रबर्धक आफैँ वा अन्य संस्थालाई वितरक तोकेर खरिद बिक्रीको व्यवस्था हुनेछ ।

खुल्लामुखी म्युुचुुअल फण्डमा यसको इकाई, लगानी वा समयको कुनै सीमा हुँदैन। कुनै पनि समयमा लगानीकर्ताले सम्बन्धित स्किमको इकाई किन्न वा बेच्न सक्ने सुविधा खुलामुखी म्युुचुुअल फण्डमा हुन्छ । यस्तोे फण्डमा अहिले प्रचलनमा रहेजस्तो इकाई निष्काशनको समय वा दोश्रो बजारबाट मात्र लगानी गर्नुपर्ने बाध्यता रहँदैन।

नेपालमा अहिलेसम्म खुल्लामुखी कोष सञ्चालनमा नआएपनि विश्वबजारमा भने अधिकांश खुल्लामुखी (ओपन इण्डेड) सामूहिक लगानी कोष सञ्चालनमा रहेको पाइन्छ।

खुलामुखी प्रकारका कोषले लगानीकर्ताको माग अनुसार जति पनि संख्यामा इकाइहरू जारी वा बिक्री गर्न सक्छन्। त्यसरी संकलन गरेको सबै रकम कोष व्यवस्थापकले तुरुन्तै लगानी गर्ने भएकाले यस्ता कोषका इकाइ दोस्रो बजारमा प्राय जसो प्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभी)मा नै खरिद बिक्री हुनेगर्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।