नेपाल एसविआई बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

Oct 14, 2019 05:17 PM merolagani

नेपाल एसविआई बैंकले पनि आफ्नो पूँजीकोष बलियो बनाउन साढे २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । 

कुल निष्काशनमध्ये ४० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्बसाधारण र ६० प्रतिशतले हुन आउने डेढ अर्ब रुपैयाँ बराबरको १५ लाख कित्ता बैंक आफैले ब्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ता तथा विभिन्न संघ संस्थाहरुलाई बिक्री गर्ने छ ।

बोर्डबाट अनुमति पाएपछि बैंकको ऋणपत्र निष्काशनको प्रकृया अघि बढ्नेछ।

बैंकले ऋणपत्र निष्कासनका लागि इक्रा नेपालबाट उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ पाएको छ।

बैंकको ऋणपत्रमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्ने छ ।

बैंकले जारी गर्न लागेको "१०% एसविआई बैंक डिबेन्चर २०८६" मा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउने छन्। दश वर्ष अवधिको उक्त ऋणपत्र २०८६ मा परिपक्क हुनेछ।

बैंकिङ्ग प्रणालीमा कर्जा विस्तारको तुलनामा निक्षेप संकलन बढ्न नसक्दा तरलता कमी भई कर्जायोग्य लगानी रकमको अभाव अझै देखिने गरेकाे छ । यसैको सम्बोधनका लागि एकपछि अर्को गर्दै बैंकहरु दीर्घकालीन पूँजी स्रोत जुटाउन ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा प्रयोग गर्न थालेका छन्। तर पछिल्ला दिनहरुमा ऋणपत्रको अपेक्षित बिक्री हुन सकेको छैन।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।