अर्थशास्त्रतर्फको नोबल पुरस्कार तीन जनालाई

Oct 15, 2019 02:04 PM Merolagani

अर्थशास्त्रतर्फको नोबल पुरस्कार तीन जना अर्थशास्त्रीलाई प्रदान गरिएको छ । ‘रोयल स्वीडिश एकेडेमी अफ साइन्स’ ले यस वर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार अर्थशास्त्रीद्वय अभिजित बनर्जी, इस्थर डफ्लो र माइकल क्रेमरलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरेको हो ।

प्रयोगात्मक तरिकाले विश्वव्यापी रूपमा गरिबी निवारणका सम्बन्धमा पत्ता लगाएको उपायका लागि यी तीन अर्थशास्त्रीलाई नोवल पुरस्कार प्रदान गरिएको हो । उनीहरुको योगदानका कारण बितेको दुई दशकमा गरिबी निवारणमा टेवा पुगेको र ७० करोड गरिबको आवासको व्यवस्था भएको अनुमान गरिएको छ ।

बनर्जी भारतीय मूलका अमेरिकी अर्थशास्त्री हुन् भने डिफ्लो फ्रान्सेली अर्थशास्त्री हुन् । उनीहरू पति–पत्नी हुन् । साथै दुवै म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा गरिबी निवारण र विकास अर्थशास्त्रका प्राध्यापक हुन् ।

डिफ्लो अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउने सबैभन्दा कम उमेरकी अर्थशास्त्री हुन् भने यो पुरस्कार पाउने उनी दोस्रो महिला हुन् । अमेरिकी अर्थशास्त्री क्रेमर हार्वर्ड विश्वविद्यालयमा प्राध्यापक छन् ।

यी तीनै जना अर्थशास्त्रीले समस्यालाई स–साना टुक्रामा विभाजन गरेर व्यवस्थापन गर्ने तथा यसलाई सुल्झाउने सहज तरिका पत्ता लगाएर गरिबी निवारणमा सहयोग पु¥याएका छन् ।

भारतीय मूलका बनर्जीको एक अध्ययनका कारण भारतमा अपांग बालबालिकाको शिक्षाको व्यवस्था भएको छ । जसबाट करिब ५० लाखले फाइदा पाएका छन् ।

यसअघि सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय विलियम नोर्दाउस र पल रोमरलाई दिइएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।