अपि पावरद्धारा माथिल्लो नौगाड परियोजना सम्पन्न, ८ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपियो

Oct 15, 2019 05:59 PM Merolagani

आठ मेगावाट क्षमताको माथिल्लो नौगाड जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ। सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माण सम्पन्न आयोजनाले मंगलबारबाट उत्पादन सुरु गरेको हो ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि उत्पादन सुरु भएको प्रवद्र्धक अपि पावर कम्पनीका कार्यकारी निर्देशक सन्जीव न्यौपानेले बताए। न्यौपानेका अनुसार १५ दिनको परीक्षणपछि आयोजनाबाट व्यावसायीक उत्पादन सुरु हुनेछ। १५ दिनको परीक्षण चरणको विद्युत प्राधिकरणले निशुल्क पाउनेछ।

उत्पादन भएको विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा लगेर जोडिएको छ। उत्पादन सुरु भएसँगै निजी क्षेत्रको ८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ। आयोजनाबाट निर्धारित तालिका भन्दा १६ महिना ढिलोगरी उत्पादन सुरु भएको हो। निर्माण सुरु गर्दा २०७५ वैशाखदेखि उत्पादन सुरु गर्ने तालिका थियो। आयोजना स्थल दुर्गम क्षेत्रमा रहेकाले तालिका प्रभावित भएको कम्पनीले जनाएको छ।

माथिल्लो नौगाडको उत्पादन सुरु भएसँगै अपिपावरको साढे १६ मेगावाट विद्युत प्रणालीमा जोडिएको छ। कम्पनीले यसअघि सोहीखोलामा साढे ८ मेगावाटको नौगाड आयोजना निर्माण गरेर विद्युत उत्पादन गर्दै आएको छ।

उत्पादन भएको विद्युत जोड्न विद्युतगृहदेखि बलाँच सबस्टेसनसम्म ७ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ । आयोजना सम्पन्न गर्न १ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको छ।  आयोजनामा एसबिआई बैंक र प्रभु बैंकले ऋण लगानी गरेको छन्। १ अर्ब ४४ करोड रुपैयाँ कूल लागतको १ अर्ब रुपैयाँ बैंकको ऋण लगानी र ४४ करोड स्वपुँजी लगानी छ। 

माथिल्लो नौगाड सम्पन्न भइसकेकाले अब सबैनिर्माण उपकरण ४० मेगावाटको माथिल्लो चमेलियामा कामसुरु गर्ने कम्पनीले जनाएको छ। माथिल्लो नौगाडमा एन्डीज हाइड्रो कम्पनीद्धारा निर्मित दुईवटा प्रान्सीस प्रकारका टर्वाइन यस आयोजनामा जडान गरिएको छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।