विश्वव्यापी आर्थिक वृद्धिदर तीन प्रतिशत हुने प्रक्षेपण

Oct 16, 2019 10:14 AM RSS

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सङ्कटका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण मङ्गलबार गरेको छ ।

निरन्तरको व्यापार विवादले गर्दा व्यवसायिक विश्वास र लगानीमा कटौति आउँदा विश्वव्यापी वित्तीय सङ्कटको अवस्था देखिएकाले सन् २०१९ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशत रहने कोषले बताएको छ ।

मुद्रा कोषले सन् २०२० का लागि विश्वको आर्थिक वृद्धिदर ३.४ प्रतिशत कायम रहने अनुमान गरेको थियो तर कोषको ‘वर्ड इकोनोमिक आउटलुक’को मङ्गलबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा यो दर तीन प्रतिशत रहने बताइएको छ ।

प्रतिवेदनले विश्वको अर्थतन्त्रमा क्रमशः एकरूपमा कमी आएको र सुधारको अनिश्चितता रहेको चेतावनी दिएको छ।

कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले भने, “विश्वव्यापी नतिजा जोखिमपूर्ण रहेको र यसमा नीतिगत कमजोरीहरू नभएको देखिएको छ ।”

कोषले सन् २०१९ मा अमेरिकाको आर्थिक वृद्धिदर २.४ रहने बताएको छ। यो प्रक्षेपण जुलाईमा गरिएको अनुमानको दुई दशांशले कमी भएको जनाएको छ । व्यापार तनावले आर्थिक वृद्धिदरमा आएको न्यूनताका कारण अमेरिकी कुल ग्राहस्थ उत्पादन २.१ प्रतिशतमा विस्तार हने पनि कोषले बताएको छ।

अमेरिकाका लागि व्यापारसम्वद्ध अनिश्चितताले गर्दा लगानीमा नकारात्मक प्रभाव छोडेको तर रोजगारी र उपभोग भने मजबुत रहने कोषका प्रमुख अर्थशास्त्री गोपीनाथले बताए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।