चौध वाणिज्य बैंकको लाभांश घोषणा, औसत लाभांश १७.८० प्रतिशत

Oct 16, 2019 10:24 AM Merolagani

चौध वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन्। असोज २८ गते मंगलबारसम्म १४ ले वितरण गर्ने लाभांश घोषणा गरेका हुन् भने १३ बैंकको लाभांश घोषणा हुन बाँकी छ।

कूल २८ वाणिज्य बैंक रहेकोमा राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन ।

गत आवको मुनाफाबाट बैंकहरुले कूल १० प्रतिशतदेखि २५.५० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। हालसम्म घोषणा भएको लाभांशमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै घोषणा गरेको छ भने कुमारी बैंकको सबैभन्दा कम रहेको छ।

  • चार बैंकको एजिएम सम्पन्न, सानिमाको आज

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका बैंकहरुमध्ये चार वाणिज्य बैंकहरु एनआईसी एशिया, सिटिजन्स, कुमारी र माछापुच्छ्रे बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन्।

एनआईसी एशिया र सिटिजन्सले असोज १० गते, कुमारी बैंकले असोज ११ गते र माछापुच्छ्रे बैंकले असोज २४ गते साधारण सभा सम्पन्न गरेका हुन्। एनआईसी एशिया बैंकले त साधारण सभाबाट पारित नगद लाभांश वितरण समेत गरिसकेको छ।

यसैगरि सानिमा बैंकले आजै (असोज २९ गते) साधारण सभा सम्पन्न गर्दैछ भने बैंक अफ काठमाण्डूले भोली साधारण सभा आह्वान गरेको छ। यस्तै सिद्धार्थ बैंकले कात्तिक ७ गते र सनराइज बैंकले कात्तिक १५ गते साधारण सभा आह्वान गरेको छ ।

साधारण सभाबाट बैंकलहरुले प्रस्तावित लाभांशका साथै अन्य विभिन्न एजेण्डाहरु उपर छलफल गरि पारित गर्ने एजेण्डा छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।